काठमाडौँ – बिहीबार प्रतिनिधिसभाका नव निर्वाचित २७१ सांसदले शपथ लिए । ४ जना सांसदले भने शपथ लिन पाएनन् । आमाको निधन भएका कारण एकीकृत समाजवादीका सांसद प्रेम आले, प्लेन छुटेका कारण माओवादी केन्द्रका रामकुमार राई, सुत्केरी भएका कारण कांग्रेस सांसद माया राई शपथ लिन छुटे ।
यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव नागरिकतामा ज्येष्ठ सदस्य रहेको प्राविधिक कारण सभामा उपस्थित भएनन् । उनको (आज) शुक्रबार ११ बजे सिंहदरबारमा शपथ लिने कार्यक्रम छ । हिजो दिउँसो २ बजे राप्रपाका वरिष्ठ नेता एवं संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सांसदहरुलाई शपथ गराएका थिए ।