काठमाडौँ – नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (शुक्रबार) अमेरिकी डलरको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ। आज अमेरिकी एक डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्री दर भने १३२.७३ रूपैयाँ रहेको छ। यो हिजो बिहिबारको तुलानमा केही कमि हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.३८ रुपैयाँ रहेको छ। बिहिबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो। यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रूपैयाँ ६ पैसा र बिक्री दर ८९ रूपैयाँ ४७ पैसा रहेको छ। यो पनि बिहिबारको तुलनामा केही बढी हो।
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९.८६ रुपैयाँ रहँदा बिक्री दर ३० रुपैयाँ रहेको छ। कतारी रियाल १ को खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ १ पैसा र बिक्री दर १० रूपैयाँ ५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
हेर्नुहोस् अन्य मुद्राको विनियम दर :