Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ। संघीय संसद् भवनमा बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिइसकेपछि मात्र माओवादीले संसदीय दलको नेता चयन गर्ने भएको छ। शपथग्रहण लगत्तै माओवादीले दलको नेता चयनका लागि बैठक बोलाएको छ।

बैठक ४ बजेदेखि सुरु हुने छ। नेता चयनका लागि बैठक भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता चयन हुने निश्चित छ। प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ३२ सांसद छन्।

यसअघि बुधबार निर्वाचन प्रक्रियाबाट कांग्रेसले दलको नेता चयन गरेको छ। जसमा ६४ मत ल्याउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन्।

तपाईको प्रतिक्रिया