Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी क्रेमलिनले दिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वाशिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चितरूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नु हुने छैन ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधवार नै वाशिङ्टनमा अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ । ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउने बताएका छन् ।

जेलेन्स्कीले बुधवार गरेको ट्वीटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेख्नुभएको छ, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई बलियो बनाउन म अमेरिका जाँदैछु ।’

तपाईको प्रतिक्रिया