Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बिहीबार बुझाउने भएको छ । आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ सबै सदस्यको परिणाम आएपछि आयोगले आज सो प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको जानकारी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

यसैबीच, निर्वाचन आयोगले देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्ने जनाएको छ । त्यसका लागि पनि आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै परिणाम सार्वजनिक भएपछि आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

 

तपाईको प्रतिक्रिया