Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – केही समययता विश्वकै धनी व्यक्ति बनेका एलन मस्क अब दोस्रो नम्बरमा झरेका छन् । उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएसँगै उनको सम्पत्ति मूल्यांकन घटेको हो ।

मस्क टेस्लाका प्रमुख कार्यकारी र त्यसको सेयरको ठूलो हिस्साका मालिक हुन् । टेस्लामा मस्कको १४ प्रतिशत सेयर हिस्सा छ । सेयर मूल्यमा भारी गिरावट आएसँगै उनको कूल सम्पत्ति १७६ अर्ब डलरमा झरेको छ । यसै कारण उनी विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीबाट दोस्रो स्थानमा पुगेको फोर्ब्स र ब्लुमबर्गले जनाएका छन् । यसअघि ट्विटर किन्नुअघि मस्कको कूल सम्पत्ति १८५ अर्ब डलर थियो ।

योसँगै फ्रान्सका धनाढ्य व्यापारी तथा लगानीकर्ता ७३ वर्षीय बर्नाड आर्नल विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सका अनुसार उनको कूल सम्पत्ति १८८ अर्ब डलर छ । आर्नल विश्वविख्यात डिजाइनर कम्पनी लुई भिटोन र सुन्दरताका सामग्री निर्माता कम्पनी सफोराका मालिक हुन् ।

मस्कले केही समय अघि ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । त्यसका लागि उनले टेस्लाको सेयर बेचेका थिए। धेरैले ट्विटरको खरिद मूल्य पनि अत्यधिक रहेको बताएका थिए । कानूनी झमेला र मस्कको आफ्नै निर्णयका कारण ट्विटरको खरिद सम्झौता महिनौँपछि मात्र सकिएको थियो । कतिपयले ट्विटरको खरिद प्रक्रियालाई पनि टेस्लाको सेयर मूल्य घटाउने कारकका रूपमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया