Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार झिनो अंकले घट्न पुगेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६२ अंक घटेर १८९७.०८ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७२ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको २० लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त र इष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य ८.२० प्रतिशत बढेको छ। आजैदेखि कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३० रुपैयाँ घटेर २७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन कृषि विकास बैंकको करिब ५ करोडको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्डको सूचक यस दिन सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

तपाईको प्रतिक्रिया