काठमाडौँ – निर्वाचन आयोगले आज समानुपातिक सांसदलाई निर्वाचित घोषणा गर्ने भएको छ । मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको घोषणा यस अघिनै गरिसकेको आयोगले आज अन्तिम नतिजा घोषणा गर्दै समानुपातिक सहित सबै मतपरिणामको अन्तिम घोषणा गर्ने भएको हो ।
आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
दलहरूले समानुपातिकको सूची आयोगमा बुझाइसकेका छन् । त्यही आधारमा समानुपातिक सांसद निर्वाचित घोषणा गर्ने आयोगको तयारी छ । समानुपातिक सांसद निर्वाचित घोषणासँगै निर्वाचनले आम निर्वाचनको सबै विवरण राष्ट्रपति समक्ष पेश गर्ने छ । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने जनाएको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।