Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटर्वार्ता भएको छ । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो । ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम तथा जनजिविकाका सवालमा छलफल भएको छ ।

भेटमा सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्यबारे छलफल भएको नेता केसीले जानकारी दिए ।आइतबार साँझ भएको भेटमा द्वन्द्वकालीन कांग्रेस र एमालेबीच मुद्दाहरु किनारा लगाउने सहमति हुनुपर्ने, नयाँ नक्सा अनुसारको भूगोल नेपालले उपभोग गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत हुनुपर्नेमा छलफल भएको बताइएको छ ।

“भ्रष्ट्राचारविरुद्व एक भएर लड्ने प्रतिवद्वता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हनुपर्ने विषयमा छलफल भयो,” केसीले भने ।

तपाईको प्रतिक्रिया