काठमाडौं – आगामी माघ ७ गते भक्तपुरमा आयोजना गरिने चौथो संस्करणको एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा अभिनेता राजेश हमाललाई सम्मान गरिने भएको छ । समारोहमा अभिनेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित महानायक सम्मान प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
यसैबीच, अवार्डका ३९ विधाका लागि मनोनयन सूचीमा परेका कलाकारहरुको नामावली सार्वजनिक गरिएको छ । अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषा–भाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषा–भाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।
अवार्डको चौथो संस्करणलाई सूर्य विनायक नगरपालिका तथा मध्यपुर थिमी नगरपालिका वडा नं ४ ले सहकार्य गरेका छन् । यो अवार्ड समारोह शंखधर पार्कमा आयोजना गरिनेछ । समारोहमा पत्रकारद्वय प्रकाश सुवेदी तथा गोपिकृष्ण चापागाईंलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।