Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – मेलम्ची खानेपानी भोलि(शुक्रबार)बाट काठमाडौं उपत्यकामा पुन: वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिए।

‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम छ,’उनले भने। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो। तर ०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी ल्याइएको थियो। तर शहरवासीले एक महिना पनि पानी पिउन पाएनन्। सरकारले पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बन्द गरिएको ६ महिनापछि पुन: पानी ल्याइएको हो। मेलम्ची खानेपानी विकास समितिले एक साताअघि मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरूङ मार्गबाट पानी हालेको थियो। पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुगिसकेको छ।

तपाईको प्रतिक्रिया