Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – पेरुको राजनीतिमा बुधबारको दिन उथलपुथलपूर्ण बन्यो। पेरुमा पहिलोपटक महिला राष्ट्रपति बनेकी छन्। यसअघिका राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ। पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले बुधबार नाटकिय घटनाक्रमकाबीच राष्ट्रपति पदको शपथ लिएकी छन्। बुधबार नै पेद्रो कास्टिलोले संसद्लाई एक ‘असाधारण आपतकालीन सरकार’ मा बदल्ने बताएका थिए।

यद्यपी सांसदले यसलाई अस्विकार गर्दै एक आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाए। त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको बीबीसीले बताएको छ।

पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन्। उनले भनिन्, ‘देशलाई बचाउनका लागि म मात्र केही समय चाहन्छु।’ बुधबारको नाटकिय सत्ता परिवर्तनको घटना तब सुरु भयो जब पेद्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमा दिएको सम्बोधनमा आपतकाल लगाउने घोषणा गरे।

उनले विपक्षीको नियन्त्रणमा रहेको कंग्रेस भंग गर्ने घोषणा गरेका थिए। त्यसपछि कैयौं मन्त्रीले उनको विरोधमा राजीनामा दिन सुरु गरेका थिए। संवैधानिक अदालतका प्रमुखले कास्टिलोमाथि सत्ताकब्जा गर्ने कोशिश गरेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया