काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससहितका दलहरुबीच दौडधुप चलिरहेका बेला उनले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।
सोमबार मात्रै उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा वार्ता गरेका थिए।उनलाई सरकारमा ल्याउन गठबन्धन दलहरु जोडतोड गरिरहेका छन्। यसअघि नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिसकेका छन्।