Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि एसियाली महारथी जापानले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले मंगलबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टिममा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमा समावेश छन् । तर, सेल्टिकबाट खेल्ने क्योगो फुरुहाशी र रेओ हाताते भने परेनन् । यस्तै गेन्की हारागुची र युया ओसाका पनि टिममा अटाउन सकेनन् । दुवैले यसअघि रुसमा भएको विश्वकप खेलेका थिए ।

प्रशिक्षक मवरियासुले १० खेल भन्दा कम खेलेका नागोया ग्राम्पु, युकी सोमा, दाइजेन माएदा र आयसा उएदालाई भने टिममा समावेश गरेका छन् । यस्तै अनुभवी खेलाडीद्वय माया योसिदा र युतो नागामोतो पनि टिममा छन् ।

विश्वकपमा जापान समूह ‘इ’ मा छ । यस समूहमा पूर्व विश्व विजेता जर्मनी र स्पेनसँगै कोस्टारिका छ । जापानले विश्वकपअघि नोभेम्बर १७ मा क्यानडासँग अबुधाबीमा अभ्यास खेल खेल्नेछ ।

विश्वकपमा जापानले पहिलो खेल जर्मनीसँग नोभेम्बर २३ मा खेल्नेछ । जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ मा खेल्नेछ ।

जापानी टिम

गोलकिपर : सुइची गोन्डा (सिमिजु एस–पल्स), इजी कावासिमा (स्ट्रासबर्ग/फ्रान्स), डानियल स्मिड्ट (सेन्ट–ट्रुइडेन/बेल्जियम)

डिफेन्डर : युतो नागातोमो (एफसी टोकियो), माया योसिदा (साल्के/जर्मनी), ताकेहिरो तोमियसु (आर्सनल/इंग्ल्यान्ड), हिरोकी साकाइ (उरावा रेड्स), युता नाकायामा (हडर्सफिल्ड टाउन/इंग्ल्यान्ड), सोगो तानिगुची (कावासाकी फ्रन्टेल), कोउ इताकुरा (बोरुसिया मोन्चेनग्लाडबाच/जर्मनी), मिकी यामाने (कावासाकी फ्रोन्टेल), हिरोकी इतो (स्टटगार्ट/जर्मनी)

मिडफिल्ड : वातारु इन्डो (स्टुटगार्ट/जर्मनी), हिदेमासा मोरिता (स्पोर्टिङ/पोर्चुगल), एओ तानाका (फेर्चुना डुसेलडर्फ/जर्मनी), दाइची कामदा (इन्ट्र्याक्ट फ्रयांकफर्ट/जर्मनी), जुनाया इतो (रेइम्स/फ्रान्स), काओरो मितोमा (ब्राइटन/इंग्ल्यान्ड), ताकुमी मिनामिनो (मोनाको/फ्रान्स), युकी सोमा (नागोया ग्राम्पस), गाकु सिबासाकी (लेगानेस/स्पेन), ताकेफुसा कुबो (रियल सोसिडाड/स्पेन), रित्सु डोआन (फ्रेइबर्ग/जर्मनी)

फरवार्ड : दाइजेन माएदा (सेल्टिक/स्कटल्यान्ड), ताकुमा आसानो (बोचुक/जर्मनी), आयसे उएदा (सर्कल ब्रुग/बेल्जियम)

तपाईको प्रतिक्रिया