Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तनाव अरु बढ्ने संक्त देखिएको छ । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।

ईडीले अनुसन्धानका लागि ज्याकलिनले कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाएको छ । साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ । अन्तरिम जमानत बढाउने आदेशले मुद्दाको अनुसन्धान प्रभावित हुनसक्ने समेत जिकिर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् । यसैबीच, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । कारागारबाट आफ्ना वकिललाई लेखेको पत्रमा उनले ज्याकलिनलाई महंगा उपहार र कार रिलेसनसिपमा रहेको नाताले दिएको दाबी गरेका छन् । चन्द्रशेखरले रानबाक्सीका पूर्वमालिकको रिहाइको कामका लागि आफूले २०० करोड रुपैयाँको कारोबार गरेको उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया