Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आइतबार शतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप क्रिकेटका लागि भएको वाग्मती प्रदेश छनोट खेलमा काठमाडौं जिल्लाका कप्तान ज्ञानेन्द्रले भक्तपुरविरुद्ध १ सय १३ रन बनाएका हुन् ।

मुलपानी क्रिकेट मैदानमा उनले ९८ बल खेली ६ चौका र ६ छक्का प्रहार गरे । निर्धारित ४० ओभरको खेलमा उनी अन्तिम बलमा आउट भए । ज्ञानेन्द्रको प्रयासमा काठमाडौंले ५ विकेट गुमाई २ सय २८ रन बनायो । ज्ञानेन्द्र ४० ओभरको अन्तिम बलमा विनित दासबाट बोल्ड भए ।

ओपनर इशान पाण्डेले ८९ बल खेली ४ चौका र १ छक्कासहित ५३ रन बनाए । रित गौतम १३, रविन जोशी २ रनमा आउट भए । उत्तम थापाले २३ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । प्रतिस जिसी २ रनमा अविजित रहे । भक्तपुरका रामाशिस महतोले ३ र विनितले २ विकेट लिए ।

जवाफमा आएको भक्तपुरले ९ विकेट गुमाई १ सय ९ विकेट गुमाई १ सय ७८ रनमात्र बनाउन सक्यो । ओपनर सौरभ साखकर्मीले ६० रन बनाए । उनले ८८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर सर्वोच्च बस्नेतले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रन बनाए । क्यान्डी कामीले १५ र सुवास खत्रीले १३ रन बनाए । काठमाडौंका आरियो पौडेल र दीपक महतोले ३–३ विकेट लिए ।

अर्को खेलमा ललितपुरले नुवाकोटलाई १ सय १८ रनले पराजित गरेको छ । दुर्गेश थापाले १ सय १५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि ललितपुरले निर्धारित ४० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनायो । आदिल खानले २४, विवेक रानामगरले ५९ बलमा २ चौका र १ छक्कासहित ५५ रन बनाए । नुवाकोटका अभिराज यादवले २ तथा दीपेश कुमाल र अशोक पौडेलले १–१ विकेट लिए ।

नुवाकोट जबाफमा २५.५ ओभरमा ९१ रनमा अलआउट भयो । योगेश भट्टले ४१ रन बनाए । उनले ३६ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । ललितपुरका तिलक राजभण्डारीले ३ तथा योनेश थापा, सुर्य तामाङ र हरिओम जोशीले २–२ विकेट लिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया