काठमाडौं – स्वीडेनका स्वान्टे पाबोलाई फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विलुप्त होमिनिन र मानव विकासको आनुवंशिकी (जीनोम) सम्बन्धी खोजका लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
नोबेल समितिका सचिव थोमस पर्लम्यानले कोरोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गरेका हुन् । ‘कोरोलिन्स्का इन्स्टिच्युटको नोबेल समितिले आज सन् २०२२ को फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार विलुप्त होमिनिन र मानव विकासको जीनसँग सम्बन्धित आविष्कारका लागि स्वान्ते पाबोलाई दिने निर्णय गरेको छ ।’ नोबेल समितिले एक विज्ञप्तिमा भनेको छ ।
स्वान्ते पाबोले आफ्नो अनुसन्धानमा विलुप्त होमोनिन जीन होमो सेपियन्समा हस्तान्तरण भएको पत्ता लगाएका थिए । पाबो निएन्डरथल जीनोममा व्यापक रूपमा काम गर्ने प्यालेओजेनेटिक्सका संस्थापकहरू मध्ये एक हुन् । उनी जर्मनीको लाइपजिङमा रहेको म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलॉजीमा मेन्जेनेटिक्स विभागका निर्देशक पनि भइसकेका छन् ।
गत वर्ष २०२१ को चिकित्सा मा नोबेल पुरस्कार डेभिड जुलियस र अर्ड़ेन पाटामोटियमलाई सम्मानित गरिएको थियो । यी दुवै शोधकर्तालाई शरीरको तापक्रम, दबाब र दुखाइको रिसेप्टर पत्ता लगाएर यो अवार्ड दिइएको थिए ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारसँगै नोबेल पुरस्कारको घोषणा पनि सुरु भएको छ । अब भोलि अर्थात मंगलबार भौतिकशास्त्र, बुधबार रसायन शास्त्र र बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा गरिने भएको छ । २०२२ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ र अर्थशास्त्र पुरस्कार १० अक्टोबरमा घोषणा गरिनेछ ।