Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ । यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार राति खेलपछि मैदानमा आक्रमण गर्ने समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । करिब १८० जना घाइते भएका थिए । पूर्वी जाभामा स्थानीय टोली अरेमा एफसी पर्सेबायासँग २-३ ले पराजित भएको थियो ।

इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री रंगशालाको ३८ हजार दर्शक क्षमताभन्दा चारहजार बढी दर्शक रहेको बताए । राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा नभएसम्म इन्डोनेसियाको शीर्ष लिगका सबै खेल बन्द गर्न आदेश दिएका छन् ।

सन् १९६४ मा लिमामा पेरु-अर्जेन्टिना ओलम्पिक क्लालिफायरमा भागदौड हुँदा ३२० जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए । सन् १९८५ मा बेल्जियमको ब्रसेल्सको हेसेल रंगशालामा लिभरपुल (इंग्ल्यान्ड) र युभेन्टस (इटली)बीचको युरोपियन कपको फाइनलमा भत्किएका पर्खालमा समर्थकहरू ठोक्किएर ३९ जनाको मृत्यु भएको थियो भने ६०० जना घाइते भएका थिए ।

यूकेमा शेफिल्डको हिल्सबरो रंगशालामा हुलदंगा हुँदा नटिङ्घम फरेस्टविरुद्ध एफए कप सेमिफाइनलमा लिभरपुलका ९७ जना समर्थकको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया