Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ । युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ । सो खेलको विजेताका लागि १५ हजार अमेरिकी डलर (१९ लाख ४० हजार नेपाली रुपैयाँ) पुरस्कार राखिएको छ। उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडागी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन स्पोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ । विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया