Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

टोकियो – जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । दुई दिनअघि कोरोना भाइरसबाट जापानमा तीन सय २७ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिँदै गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख १७ हजार आठ सय पाँच नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै जान थालेपछि सरकारले कतिपय गतिविधिमा पुनः कडाइ गर्न थालेको छ । मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरीजस्ता उपायमा ख्याल गर्न त्यहाँका स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया