Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – काठमाडौंको कुलेश्वरमा रहेको गौतम श्री सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताहरूको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरूले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार विभागमा भेला भएर उनीहरूले सामूहिक रूपमा उजुरी दिएका हुन् ।

सञ्चालकहरूले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिए तापनि सबै फरार रहेको र बचतकर्ताहरूको रकम फिर्ता नगरेको पीडितहरूको भनाई छ । बचतकर्ताहरूको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जितले बताए । आफूहरूले प्रमाणसमेत राखेर उजुरी गरेको भन्दै विभागले न्याय गर्ने उनको भनाई छ ।

सञ्चालकहरू फरार भएपपछि अहिले सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरूले बताएका छन् । सहभागी विभागले विभागको चल अचल सम्पत्ति रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया