Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं — बालाजुस्थित जनमैत्री अस्पतालले १८ जना नर्सको १३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक ६ वर्ष बितिसक्दा पनि भुक्तानी नगरेको पाइएको छ । कम्तिमा २८ हजारदेखि बढीमा १ लाख ११ हजार ४ सय रुपैयाँसम्म पारिश्रमिक भुक्तानी गर्न बाँकी पाइएको छ ।

अस्पतालले ती नर्सहरुलाई १३ लाख १९ हजार ६ सय रुपैयाँ पारिश्रमिक दिन बाँकी छ । ती नर्सहरुका अनुसार अरु धेरैजना नर्सहरुले पनि ६ वर्षदेखि तलब वापतको ठूलो रकम भुक्तानी पाएका छैनन् । ‘हामीले पहिले गएर पारिश्रमिक नपाएको कुरा पटक—पटक ग-यौं । बीचमा अस्पताल बन्द भयो । अहिले फेरि नयाँ व्यवस्थापनले लिएको कुरा आयो,’ पारिश्रमिक नपाएकी एक नर्सले भनिन्, ‘हामी श्रमजीविहरु १६ महिनासम्मको पारिश्रमिक नदिएर पेटमा लात हान्ने काम भएको छ । अरु धेरैजना साथीहरुले पनि एक वर्षदेखि डेढ वर्षसम्मको तलब भुक्तानी पाउनुभएको छैन ।’

यस्तै, ४ जना मेडिकल अधिकृतको ८ लाख ५३ हजार रुपैयाँ पारिश्रमिक अस्पतालले भुक्तानी गरेको छैन । जनमैत्री अस्पतालमा तत्कालीन माओवादी पार्टी निकट व्यक्तिहरुको लगानी रहेको थियो । यस विषयमा बिहीबार हेल्थआवाजले तत्कालीन अस्पतालका प्रमुख कृष्ण शर्मासँग हेल्थआवाजले सम्पर्क गर्दा उनले पारिश्रमिक दिन बाँकी रहेको र अहिले अस्पतालको व्यवस्थापन नै परिवर्तन भइसकेको हुँदा नयाँ व्यवस्थापनले सो दायित्व लिनुपर्ने बताएका थिए । ‘अस्पतालमा काम गरेकाको पारिश्रमिक दिन बाँकी छ,’ उनले भनेका थिए, ‘अहिले जसले अस्पतालको स्वामित्व टेकओभर गरेको छ । उसले नै त्यो तिर्नुपर्ने हुन्छ । यो स्वभाविक हो । नयाँ व्यवस्थापनसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ ।’ नयाँ व्यवस्थापनले भने पुरानो व्यवस्थापनले दिनुपर्ने बताउँदैं आएको छ । जनमैत्री अस्पतालको स्वामित्व केही समयअघि प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठको समूहले लिएको हो । श्रेष्ठको समूहले जनमैत्री अस्पताललाई ‘सिल्भर लाइन अस्पताल’का नाममा ब्राण्डिङ समेत सुरु गरिसकेका छन् । यस विषयमा सिल्भर लाइन हस्पिटल व्यवस्थापनसँग बुझ्न खोज्दा अस्पताल व्यवस्थापन सम्पर्कमा आउन चाहेन ।

तपाईको प्रतिक्रिया