टोकियो – डलरको तुलनामा जापनी येन २० वर्षयताकै कमजोर भएको छ । मंगलबार एक्सचेन्जहरूमा प्रति डलर १२८ येनमा कारोबार भएको थियो ।
जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन)मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन् । प्रति डलर १३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए ।
येन डलरको तुलनामा दुई दशकयताकै न्यून भइरहँदा यसले अर्थतन्त्रलाई समस्यामा पार्ने र महँगीले जनजीवन प्रभावित हुने त्यहाँका अर्थमन्त्रीले बताइरहेका छन् । अर्थमन्त्री सुनिकी सुजिकीले यही साता हुने अमेरिकका भ्रमण क्रममा यसबारे छलफल गर्ने बाचासमेत गरेका छन् ।
पछिल्लो पटक जापानले सन् १९९८ मा येन खरिद गरेरै यस्तो हस्तक्षेप गरेको थियो । एसियन वित्तीय संकटको समयमा येनको बिक्रीमा तीव्रता आएको र पुँजी पलायन हुन थालेको थियो । त्यसअघि पनि जापानले सन् १९९१ देखि १९९२ मा यस्तो हस्तक्षेप गरेको थियो ।