काठमाडौं – नेपालकी पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले मेगा बैंकबाट बिदा लिएकी छन् । मेगा बैंकमा सीईओ पदमा ४ वर्षे कार्याकाल पूरा गरेकी खुञ्जेलीको कार्यकाल फेरि नथपिने भएपछि उनी बैंकबाट बिदा भएकी हुन् ।
उनकाे कार्यकाल केही दिनमा सकिँदै छ । उनी बिहीबारबाट बिदामा बसेकी हुन् । बैंकको सञ्चालक समितिले खुञ्जेलीलाई २०७४ चैत ३० गते ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो । त्यसअघि मेगा बैंकमा अनिल केशरी शाह सीईओ थिए ।