काठमाडाैं – नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का भोलिदेखि प्रचलनमा ल्याइने भएको हो ।
सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ ।