Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- जहाजका आवश्यक सामान भएको बाकस (फ्लाई अवे किट) हराएको ६ महिना नबित्दै मंगलबार फेरि नेपाल वायुसेवा निगमको जहाजका दुइटा पाङ्ग्रा गायब भएका छन् ।
क्वालालम्पुरका लागि सोमबार उडान भरेको ९ एन-एसीबी जहाजमा राखिएका सिरियल नम्बर १३७८ र ०८०० का दुई पाङ्ग्रा त्यहाँ पुगेर हेर्दा थिएनन् । पाङ्ग्रा कहाँ कसरी हराए, निगमका कार्यकारी अध्यक्ष मनरूप शाही, प्राविधिक समूहका नायब महाप्रबन्धक गणेश ठाकुर र इन्जिनियरिङ विभाग प्रमुख बद्रीनारायण झालाई नै थाहा छैन ।
मंगलबार क्वालालम्पुरमा जहाज जाँच गर्ने क्रममा पाङ्ग्रा नदेखिएको हो । हराएका दुई पाङ्ग्राको मूल्य करिब ३० लाख ८० हजार रुपैयाँ पर्छ । निगमका अनुसार एक पाङ्ग्राको मूल्य २० हजार अमेरिकी डलर हो ।
नियमअनुसार जहाज उडाउनुअघि र अवतरण गरेपछि नियमित जहाजको स्थिति र त्यसमा राखिएका सामान जाँच गर्नुपर्छ । इन्जिनियरिङ विभागका प्रमुख झासँग यसबारे सोध्दा यस्तो जवाफ दिए, ‘चेक हुनु त पर्ने हो, हामी छानबिन गरिरहेका छौं ।’ उक्त जहाजले क्वालालम्पुरभन्दा पहिले दुबई र बैंकक उडान गरेको थियो ।
निगमका एक अधिकारीले ग्राउन्ड ह्यान्डलिङ आफैं गरिरहेकामा त्यसको जिम्मेवारी अर्को कम्पनीलाई दिएपछि सामान चोरी हुन थालेको बताए । यसबारे नायब महाप्रबन्धक ठाकुरले भने पाङ्ग्रा हराएकै हो भन्ने यकिन नभएको दाबी गरे । ‘पाङ्ग्रा कार्गो राखिने कम्पार्टमा थियो,’ उनले भने, ‘जहाजले उडान गर्ने कुनै स्टेसनमा अपलोड भएको हुन सक्छ ।’
यो आशंकाकै कारण इन्जिनियरिङ विभाग प्रमुखले वायुसेवाले उडान गर्ने विभिन्न ६ गन्तव्य क्वालालम्पुर, दोहा, दुबई, दिल्ली, हङकङ र बैंककस्थित अपरेसन विभागलाई पाङ्ग्रा जाँच कसले गरेको र त्यसको अवस्थाबारे जानकारी गराउन भन्दै इमेल पनि लेखेका छन् । ‘पाङ्ग्रा हराएको सम्बन्धमा सम्बन्धित पक्षलाई तत्काल खोजी गरी निगमको केन्द्रीय कार्यालयमा जानकारी गराउन अनुरोध छ,’ इमेलमा लेखिएको छ ।
आन्तरिक छानबिनपछि केही नलागे निगमले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी यसको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिने भएको छ । ‘कहाँ के भयो सम्बन्धित विभागका प्रमुखलाई त्यसको सम्पूर्ण रिपोर्ट तत्काल बुझाउन भनिएको छ,’ कार्यकारी अध्यक्ष शाहीले भने, ‘केही नलागे सीआईबीलाई नै जिम्मा दिन्छौं ।’
जहाजको सामान हराउनुका साथै मंगलबार नेपाली सेनाको पार्किङ नजिकै राखिएको ९ एन-एसीबी टि्वनअटरको केही भागमा क्षति पुगेको छ । ‘जहाजमा लागेको चोट हेर्दा नियतवश क्षति पुर्‍याएको जस्तो देखिन्छ,’ निगम अधिकारीले भने ।
-कान्तिपुरबाट
तपाईको प्रतिक्रिया