Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए-३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ ।

काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो । कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको उनले बताएकी छिन् ।

नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लू/आईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत खड्काले बताएकी छन् । यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको खड्काले जानकारी गराएकी छन् । बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया