Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडाैं – भारत सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट सार्वजनिक गरेको छ । भारत सरकारले सार्वजनिक गरेको बजेटमा नेपालका लागि ७ अर्ब करोड ५० करोड भारु अर्थात् १२ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको हाे ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ । भारतले नेपाललाई दिने अनुदान रकम गत वर्षभन्दा घटाएको हो । गत वर्ष भारतले नेपालका लागि ९ अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब अनुदान छुट्याएको थियो ।

तर, पछि घटाएर त्यसलाई १० अर्ब ४० करोड मात्र अनुदान दिएको थियो । भारतले नेपाललाई आर्थिक वर्ष २०१९/०२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड अनुदान दिएको थियो भने २०२०/२१ मा १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो । भारतले सबैभन्दा धेरै भुटानलाई र दोस्रो नम्बरमा मोरिससलाई अनुदान छुटाएको छ । भुटानलाई २४ अर्ब ९६ करोड र मोरिससलाई १४ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया