Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपालमा पहिलोपटक जापानी फिल्मको व्यवसायिक रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले आगामी पुस ३० गते (जनवरी १४) मा जापानी एनिमे फिल्म ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’लाई रिलिज गर्न लागेको हो ।

माइ हिरो अकाडेमिया पहिलो पटक २०१८ मा रिलिज भएको थियो । यसको दोस्रो भाग २०१९ मा रिलिज भएको थियो । यी दुवै उत्कृष्ट व्यवसाय गर्न सफल चलचित्रको सूचिमा समावेश गरिएको छ । “माइ हिरो अकाडेमिया” का यी दुवै सिरिजले जापान भित्र मात्र नभई उत्तर अमेरिका, मध्य अमेरिका, युरोप र एसियामा पनि आक्रामक व्यापार गरेका थिय । यी चलचित्रले विश्वभरबाट १७ बिलियन येनभन्दा बढी कमाइ गरेका छन् । गत डिसेम्बर ३ तारिक देखि प्रदर्शनमा आएको “माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन” नाम दिइएको माइ हिरो अकाडेमियाको यो तेस्रो भाग पनि अहिले जापानको नम्बर एक एनिमे चलचित्र बनेको छ र अझै व्यापार बढ्ने अनुमान गरिएको छ।

नेपालमा पछिल्लो समय जापानी फिल्म र सिरिजका दर्शकको संख्या बढ्दो छ। बदलिँदो समयलाई मध्यनजर गरेर फिल्मलाई हलमै रिलिज गर्न लागिएको हो । जापानी भाषा र अंग्रेजी सबटाइटलमा रिलिज हुने उक्त विश्वव्यापी प्रसिद्ध फिल्मको तेस्रो भागलाई नेपाली दर्शकले रुचाउने आशा लिइएको छ ।

उक्त जापानी सुपरहिरो एनिमे फिल्मलाई केन्जी नागासाकीले निर्देशन गरेका हुन् । यसमा जापानी फिल्म स्टारहरु दाइकी यामासिता, नोबुहिको ओकामातो र युकी काजीले मुख्य पात्रमा स्वर दिएका छन् । यो चलचित्र कोहेइ होरिकोशीद्वारा लिखित माङ्गा सिरिजमा आधारित छ ।

जापानको एनिमे विश्वभरीनै प्रख्यात छ । एनिमे भनेको एनिमेसन गरिएका जापानी फिल्म वा कमिक (माङ्गा) सिरिज हुन्। यद्यपि सबै एनिमेसनलाई एनिमे भन्न मिल्दैन। विश्वको एनिमेसनको क्षेत्रमा जापानको एनिमेले ६० प्रतिशत भाग ओगटेको छ। जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । जापानभरीमा एनिमेको लागि आवाज दिनको लागि १३० बढी विध्यालयहरू पनि खोलिएका छन् ।

नेपालमा पनि एनिमे रुचाउने दर्शक प्रशस्त रहेका छन्। राजधानीमा समय समयमा विभिन्न एनिमे कार्यक्रमहरू आयोजना हुने गर्दछन् भने एनिमेका थिममा रेस्टुरेन्ट पनि खुल्न थालेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया