Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरण नगर्ने बताएका छन् । आज निगममा आयोजित एक कार्यक्रममा मन्त्री आलेले निगमलाई निजीकरण नगर्ने स्पष्ट पारेका हुन् ।

यसअघि प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव गरेका थिए । कर्मचारीले यसको विरोध गर्दै पौडेललाई निगममा प्रवेश निषेध गरेका थिए । आले मन्त्री भएसँगै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै डिमप्रसाद पौडेललाई मन्त्रालय तानेका थिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगमले सरकारसँग नयाँ जहाज खरिदको लागि १५ अर्ब रुपैयाँ माग गरेको छ । अधिकारीले नयाँ जहाज खरिद कार्ययोजना बनिरहेको बताएका छन् । उनले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने पनि जानकारी दिए । अर्थ मन्त्रालयले भने यस्तो रकम दिने प्रतिबद्धता गरेको छैन । पर्यटनमन्त्री प्रेम आलेसमक्ष अर्थ मन्त्रालयसँग जहाजका लागि आवश्यक रकमको पहल गर्न आग्रह पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया