Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले विदेशबाट ल्याउन पाउने मोबाइलको सङ्ख्या बढाउने सङ्केत गरेको छ । भन्सार नतिरी एउटा मोबाइल ल्याउन सक्ने अहिलेको प्रावधानलाई बढाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित प्रतिस्थापन विधेयकपछिको छलफल कार्यक्रममा उनले विदेशबाट फर्किएका नेपालीले एउटाभन्दा बढी मोबाइल ल्याउँदा दु:ख पाएको उल्लेख गर्दै यस्तो समस्या समाधान हुनुपर्ने बताए ।

‘जसले विप्रेषण पठाउँछ, उसले मोबाइल ल्याउँदा पनि दु:ख पाउनुपरेको छ,’ उनले भने, ‘अब तीन अथवा चार कति वटासम्म ल्याउन दिने त्यो पनि प्रस्ट पार्नुपर्छ ।’ सरकारले भदौ २५ गते अघिल्लो बजेट अध्यादेशलाई संशोधन गर्ने प्रतिस्थापन विधेयक ल्याएको थियो ।

तपाईको प्रतिक्रिया