Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ । यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न उमेर समूहका ४८ जनाको नमूना परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)’मा पठाएको थियो । त्यहाँ गरिएको जिनोमिक पहिचान गर्दा ४७ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् । त्यस्तै, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको छ।

डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के-४१७ म्युटेसन’ भेटिएको जनाइएको छ । यसलाई ‘एवाई-१’ नाम दिइएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार, यो ‘एवाई-१’ म्युटेसन नेपालसहित १० देशमा भेटिएको छ। यो संक्रामक पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा नयाँ म्युटेसन ‘एवाई-१’ सहित डेल्टा, अल्फा र कप्पा भेरियन्ट रहेको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. अधिकारीले बताए। यी सबै भेरियन्ट र म्युटेसन झन् संक्रामक रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपील गर्दछौं ।’

तपाईको प्रतिक्रिया