Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – मंगलबार राति सम्पन्न यूरो कप २०२० का दुई अति नै रोमाञ्चक खेलमा पोर्चुगल तथा फ्रान्स विजयी भएका छन् ।

ग्रुप अफ डेथ भनिएको समुह एफको पहिलो खेलमा साविक विजेता पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको छ भने दोस्रो खेलले फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको छ।

पोर्चुगलले खेलको अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गर्न सफल भयो ।

८४ औँ मिनेटमा राफायल गुएर्रोले पोर्चुगललाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पायो, जसलाई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरिदिए ।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए । यसका साथै अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय ६ पुगेको छ।यसका साथै उनी यूरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

प्रतियोगितामा रोनाल्डोको गोल संख्या ११ पुगेको छ । उनी यूरोपियन च्याम्पियन्स लिगका पनि सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । यही समुहमा रहेका फ्रान्स र जर्मनीबीचको खेल पनि रोमाञ्चक रह्यो । उक्त खेलमा विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ ।

जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको रोमाञ्चक खेलको १९औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास नै गोलमा परिणत भएको थियो ।

गोलका लागि दुवै टिमका तर्फबाट प्रयास गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेनन् । यद्यपि, फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए । प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक यूरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।

खेलका क्रममा जर्मनीका लागि गोलका सुन्दर मौका पाए पनि सर्ज गिनाब्रीले सदुपयोग गर्न पाएका थिएनन् । फ्रान्सले दोस्रो खेलमा शनिबार हंगेरीसँग खेल्ने छ भने पनि शनिबार नै पोर्चुगलको सामना गर्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया