काठमाडौं – नेपालले आज अष्ट्रेलियालाई शशक्त चुनौती दिदैं आफनो खेल देखाएको थियो। विश्व वरियताक्रममा ४१ औं स्थानमा रहेको अष्ट्रेलियासंग १ सय ७१ औं स्थानमा रहेको नेपालले खेलको अन्तिमसम्म चुनौती दिएको थियो। नेपाल र अष्ट्रेलियाबीच आज भएको फुटबल प्रतियोगितामा सुरु देखिनै अष्ट्रेलियाले दवाव दिएको थियो।
यसैक्रममा छैंठौं मिनेटमा गोल गर्न अष्ट्रेलिया सफल भएको थियो। अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकीले पहिलो गोल गरेका थिए। यसैगरी अष्ट्रेलियाले दोश्रो गोल ३७ औं मिनेटमा गरेको थियो। सो गोल फ्रान कारासिचले गरेका थिए। मध्यान्तर हुनु अघि नेपाली डिफेण्डर रोहित चन्दलाई फल खेलेको आरोपमा रेफ्रीले रातो कार्ड देखाएपछि नेपली टिम १० जनामा सिमित हुन पुगेको थियो। मध्यान्तर पछि नेपालले एक मात्र गोल खाएको थियो।
तर नेपालले अष्ट्रेलियालाई कडा चुनौतीका साथै थप गोल हुन नदिनु नेपालका लागि सफलता मानिएको छ। १० जनामा सिमित नेपाली टिमको आजको खेलमा नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए। यसैगरी रक्षापङ्तिका खेलाडीले पनि शन्तोषजनक खेल खेलेका थिए। अर्जेण्टिना जस्तो शशक्त फुटबल टिमलाई हराउन सफल यही टिमलाई कडा टक्कर दिनु र धेरै गोल नखानु नेपाली टिमकोसफलता मानिएको छ। यसअघि नेपाल अष्टेलियासंग शुन्यका विरुध्द ५ गोलले पराजित भएको थियो।
नेपालले यसपाली कुवेतमा ३ वटा छनौट खेल खेलेको थियो। यसअघिका खेलमा नेपालले चाईनिज ताईपेईलाई हराएको थियो भने जोर्डनसंग पराजित भएको थियो।