Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं –  फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे कुवेतमा हुने छ।  विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको नेपाल एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी छ।

यस्तोमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियाविरुद्धको जितले मात्र एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बाँकी रहन्छ। पाँच पटक विश्वकप खेलिसकेको  बलियो प्रतिद्वन्द्वीविरुद्ध जित हात पार्न नेपाललाई कठिन छ।

अष्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्। प्रिमियरमा कन्फ्रेन्समा प्रशिक्षक अलमुताईरीले नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य लिएको र यसले भविष्यमा सकारात्मक सन्देश दिने बताएका छन्।

नेपाल र अष्ट्रेलियाबीच अहिलेसम्म एक मात्र खेल भएको छ। छनोटको अवे खेलमा नेपालले अष्ट्रेलियासँग ५–० को हार व्यहोरेको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया