Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ ।

आइतबार कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ ।

दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

नेप्से सूचक ५० दशमलव १३ अंक बढेर २ हजार ९०६ दशमलव ८९ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस दिन २ सय १८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर कारोबार भएका छन् ।

आइतबारको कारोबार रकम र सूचक दुवैमा नयाँ कीर्तिमान कायम गरेको बजारमा बैंक, अन्य र लगानी क्षेत्रमा रौनकता देखिएको छ । लामो समयदेखि बैंकहरूको मूल्य वृद्धि हुन नसकेको बजारमा आइतबार लगानीकर्ताको ध्यान मोडिएको छ । बैंक तथा वित्तीय समूहहरूमा चमक आउन थालेसँगै सेयर कारोबार रकममा थप तेजी आएको हो ।

आधारभूत तथ्यांकहरूले पनि तुलनात्मक रूपमा बैंक सस्तो देखिएकाले पनि लगानीकर्ता विस्तारै यसतर्फ आकर्षित हुन लागेको अनुमान गर्न सकिन्छ । अर्कोतर्फ बजारमा नयाँ लगानीकर्ताको प्रवेशले समेत बजारमा थप उत्साह थपिएको छ । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फ आकर्षित भएका हुन् । अनलाइन प्रविधिको सुरुवातसँगै सेयर बजारमा आमलगानीकर्ताको पहुँच वृद्धि भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सातवटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेका छन् । सबैभन्दा बढी व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ९७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ उपसमूहको परिसूचक यस दिन ३ दशमलव ६६ प्रतिशत, अन्यको ३ दशमलव शून्य ३ प्रतिशत, विकास बैंकको २ दशमलव ३८ प्रतिशत र वित्तको १ दशमलव ४३ प्रतिशत बढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया