Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।  आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड-१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक समृद्धिमै केन्द्रित भएकाले कार्यान्वयनमा कुनै दुविधा नहुने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत पूर्ण बजेट ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको स्पष्ट पारेका छन् । उनले पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको जिकिर गरेका छन् । उनले बजेट कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएको बताउँदै देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्न ल्याएको बताए ।

‘बजेट कार्यान्वयनमा हामीले जोड दिन्छौँ’, उनले भने, ‘भोलिबाटै मन्त्रालयका विभिन्न कार्यक्रमलाई अघि बढाउँछौं ।’ उनले बजेट कोभिड रोकथाम तथा उपचारका केन्द्रित भएको दाबी गरे ।

‘खोपको शीघ्र प्रबन्ध गरेर सबै नागरिकलाई उपलब्ध गराउने प्रयत्न गर्छौँ’, अर्थमन्त्री पौडेलले भने, ‘सरकार सम्पूर्ण सामथ्र्यका साथ नागरिकको जीवन बचाउन लाग्नेछ ।’ कोभिड प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्नको लागि स्पष्ट दृष्टिकोणका साथमा बजेट ल्याएको उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै गतिशील अवस्थामा फर्काउने आत्मविश्वासका साथ बजेट ल्याएको हुँ’, उनले भने ।

तपाईको प्रतिक्रिया