Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोभिड महामारीको बीच उकालो लाग्न शुरू गरेको नेपालको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमवार शेयरबजारको कारोबार मापक नेप्से परिसूचक २ हजार ७५९ दशमलव २१ विन्दुमा पुग्योे । यस दिन २० दशमलव ७१ अंक अर्थात शून्य दशमलव ७६ प्रतिशतले परिसूचक उकालो लागेको हो ।

२०७५ माघ २९ गते १ हजार १११ विन्दुदेखि उकालो लागेको बजार १ हजार ६४८ विन्दुभन्दा बढी उक्लिसकेको छ । नेप्से परिसूचकसँगै पछिल्लो समय शेयरबजारमा कारोबार रकमले पनि उच्चता कायम गर्दै आएको छ । आइतवार रू. १० अर्ब ४० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । सोमवार रू. ९ अर्ब ५७ करोड ६३ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

कोभिड महामारीका बीच पनि बजारले निरन्तर गति लिनु र कारोबार रकम बढ्नुमा लगानीकर्ताहरू बढ्नु कारण मानिएको छ । कोभिडका कारण आआफ्नै पेशा व्यवसायमा व्यस्त मानिसहरू ती व्यवसाय प्रभावित हुँदा निरन्तर सञ्चालन रहेको शेयरबजारप्रति आकर्षित भएको बजार सञ्चालकहरू बताउँछन् ।

नेप्सेका अनुसार हाल धितोपत्र दोस्रो बजारमा ६ लाखभन्दा बढी लगानीकर्ता सहभागी छन् । यो संख्या १ वर्ष अघिसम्म करीब १ लाखको हाराहारीमा थियो । बजारमा नयाँ कम्पनीहरूको प्रवेशले पनि लगानीकर्ताको सहभागिता बढाएको हो । यो वर्ष मात्र दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनी सहितका डेढ दर्जन बढी कम्पनी धितोपत्र दोस्रो बजारमा भित्रिएका छन् । बढ्दो बजारमा नयाँ कम्पनीहरूको शेयर खरीद चापका कारण पनि बजारले गति लिन सहयोग पुगेको विश्लेषकहरूको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया