Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाण्डाै — कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालन भइरहेको उत्तरी तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन भएको छ । चीन र नेपाल सीमाको तातोपानी नाकाबाट नयाँ मोडालिटीअनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ ।

दिनहुँ आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘गत साउनदेखि वैशाखसम्म ७७ करोड राजस्व संकलन गरिएको छ, कोभिडबीच कडा सतर्कता अपनाएर कन्टेनर भित्र्याइँदै छ,’ उनले भने ।

भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ । यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो । त्यसलगत्तै सावधानी अपनाउन नयाँ प्रयोग गर्दै सिल्क ट्रान्सपोर्ट कम्पनीका ५ वटा ‘ट्रेलर’ कन्टेनरबाट सामग्री भित्र्याउन सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । त्यसबेला दिनहुँ ५० कन्टेनर भित्रिने गरेका थिए । २०७६ पुसमा चीन क्षेत्रमा कार्यरत केही कामदारमा कोरोना देखियो । २०७७ असारमै तातोपानीमै लोडरको काम गर्नेमा संक्रमण पुष्टि भएपछि नाका पूरै ठप्प बन्यो ।

‘कोभिड र बाढीपहिरोकै कारण पनि नाका नियमित बन्न सकेन, गत मंसिरबाट केही सहज भए पनि राम्रो राजस्व संकलनको अपेक्षा थिएन । यो ९ महिनामै ७७ करोड राजस्व संकलन भयो । संकटको क्षणमा यत्तिको हुनु ठीकै हो,’ उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया