Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकिएको छ । यस सम्बन्धी राजपत्रमा सूचना प्रकाशन भएसँगै न्यूनतम पारिश्रमिक १५ हजार तय भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनामा वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी १ साउनदेखि लागू हुने जनाएको छ । अब आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ५१५ गरी मासिक १५ हजार हुनेछ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक१३ हजार ४५० थियो ।

त्यस्तै, दैनिक आधारभूत पारिश्रमिक ३६१ र दैनिक महँगी भत्ता १६ गरी तय गरिएको छ । जस अनुसार, दैनिक न्यूनतम पारिश्रमिक ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा  ७७ तोकिएको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

यो पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले जनाएको छ ।

सरकारले एकपक्षीय रूपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुई-दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया