Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – चालू आर्थिक वर्ष २०७७ र ७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । चालू आवका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कुल राजस्व सङ्कलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७।५९ प्रतिशत हो । चालू आवमा सरकारले दस खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । चैतसम्म सरकारले ४७ अर्ब १७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यसबाहेक सरकारले १० अर्ब सात करोड रुपियाँ अनुदान प्राप्त गरेको छ भने ३५ अर्ब ५९ करोड रुपियाँ अन्य प्राप्ति शीर्षकबापत आम्दानी गरेको छ । अनुदान र अन्य प्राप्तिसहित सरकारको खातामा चैतसम्म सात खर्ब २९ अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

खर्च सात खर्ब खर्बनजिक

चैतसम्म सरकारको कुल खर्च सात खर्बनजिक पुगेको छ । कार्यालयका अनुसार चालू विकास र वित्तीय गरेर छ खर्ब ९४ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया