Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौँ – स्वास्थ्य कार्यालय काठमाडौँले दोस्रो चरणको खोप केन्द्र र तालिका सार्वजनिक गरेको छ । सरकारले बैशाख ७ देखि ११ गतेसम्म कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ ।

खोपका लागि सरकारले १९ खोप केन्द्र तोकेको छ । जसमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाडौँ मेडिकल कलेज, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्याण्ड अस्पताल र ह्याम्स अस्पतालमध्ये आफूलाई पायक पर्ने अस्पतालमा जान सरकारको आग्रह छ ।

२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २०७८ बैशाख ७ गते खोप लगाउनु पर्नेछ । माघ १८, १९, २०, २१ र २७ गते लगाएकाले बैशाख ८ गते लगाउनु पर्नेछ । माघ २२, २३, २४, २८ र फाल्गुन २ गते लगाएकाले बैशाख ९ गते लगाउनु पर्नेछ । माघ २९ र फाल्गुन ३, ४, ५ र ६ गते लगाएकाले बैशाख १० गते लगाउनु पर्नेछ भने माघ ३० र फाल्गुन ७, ८, ९ र १० गते खोप लगाएकाले बैशाख ११ गते खोप लगाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया