Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ । गत चैत ११ देखि सरकारले गरेको लकडाउनयता हरेक महिना घुमघाम र अध्ययनका लागि नेपालबाट बाहिरिने रकम घटेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीले १५ अर्ब ५७ करोड रुपैयाँ खर्चेका छन् । गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च करिब २६ प्रतिशत घटेको हो । २०७६ माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीहरूले २० अर्ब ९६ करोड रुपैयाँ खर्च गरेका थिए ।

यस्तै गत आर्थिक वर्षभरमा वैदेशिक अध्ययनका लागि नेपालीले २५ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु आर्थिक वर्षको सुरुदेखि त्यस्तो खर्चमा सुधार आएको राष्ट्र बैंकको दाबी छ ।

विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण सबैजसो देशमा लगाइएको लकडाउनले घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै बाहिरिएको रकम घटेको मानिन्छ । अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा अध्ययका लागि जाने विद्यार्थी घटेकाले वैदेशिक अध्ययनमा हुने खर्चमा कमी आएको राष्ट्र बैंक बताउँछ ।

गत चैतयता विदेश भ्रमणका क्रममा नेपालीले गर्ने खर्चमा पनि कमी आएको प्रतिवेदनमा देखिन्छ । गत चैतमा विदेश भ्रमणमा नेपालीहरूले १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । गत वैशाख र जेठमा यस्तो खर्च झन घट्यो । र लकडाउन खुकुलोका साथै विभिन्न हटाइएसँगै विदेश भ्रमणका लागि जाने क्रम पनि बढेकाले त्यसबापतको खर्च बढ्न थालेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया