टोकियो – जापानमा सोमबारदेखि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको छ । देशका विभिन्न १२० स्थानबाट ६५ वर्ष माथिका नागरिकलाई युरोपमा बनेको फाइजर खोप दिन सुरु गरिएको हो ।
राजधानी टोकियोमा पहिलो पटक खोप लगाएका २ हजार ८१० जनाले खोप पाउने भए पनि अधिकांस स्थानमा अधिकतम हजार जनालाई खोप दिइने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १२ करोड ६० लाख कुल जनसंख्या भएको जापानमा तीब्र वृद्ध भइरहेको ठूलो संख्या छ ।
जुनको अन्त्यसम्ममा ६५ वर्षमाथिका ३ करोड ६० लाखलाई आवश्यक पर्ने खोपको व्यवस्था गर्न जापान सक्षम रहेको उल्लेख गर्दै मन्त्रिमण्डलका मुख्यसचिव कात्सुनोबु कातोले सरकारको प्रक्षेपण दोहो-याए । ‘मलाई लाग्छ, युरोपेली संघबाट आयात सुचारु रुपमा चल्यो भने सबै जेष्ठ नागरिकलाई खोप दिन सकिन्छ,’ उनले भने ।
जापान खोप अभियान ढिला सुरु गर्ने ठूला अर्थतन्त्र भएका देशहरुमध्ये एक हो । अहिलेसम्म जापानमा करिब ११ लाखले दुई डोज लगाउनुपर्ने फाइजरको एक डोज खोप लगाइसकेका छन् ।