Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाण्डाै – भारतले रेमडेसिभिर औषधि निर्यातमा राेक लगाएकाे छ। देशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि केन्द्रीय सरकारले आइतबारदेखि निर्यातमा राेक लगाएकाे हाे।

कोरोना भाइरस संक्रमितकाे उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएकाे छ। तर, पछिल्लाे समयमा कोरोना संक्रमण बढ्दै जाँदा याे औषधिको माग पनि बढेको छ।

भारतमा एकै दिनमा एक लाख ५२ हजार ८७९ जना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितकाे संख्या तीव्र वृद्धि हुँदै आएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितकाे संख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ।

यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाइएको पीटीआईले जनाएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस औषधिका घरेलु उत्पादकहरूलाई स्टक र यसकाे वितरणबारे जानकारी सार्वजनिक गर्न वेबसाइटमा निर्देशन दिएकाे छ। यसका साथै मन्त्रालयले औषधि निरीक्षक र अन्य अधिकारीहरुलाई स्टक जाँच्न र कालो बजार रोक्न निर्देशन दिएको छ।

राज्य स्वास्थ्य सचिवले ती राज्य र केन्द्र शासित प्रदेशहरुमा औषधि निरीक्षकहरुसँग यसको निरीक्षण गर्ने छन्।

‘भारतमा काेराेना संक्रमण अचानक वृद्धि भएको छ। अप्रिल ११ मा देशमा ११ लाख ८ हजार सक्रिय संक्रमित थिए र ती द्रुत गतिमा बढ्दैछन्। यस कारणले कोराेना संक्रमितकाे उपचारका लागि रेमडेसिभिर इन्जेक्शनको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। आउँदो दिनमा यसको मागमा थप वृद्धि हुन सक्छ,’ मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

अमेरिकाको गिलिएड साइन्सेजसँगको सम्झौताअनुसार भारतमा सात वटा कम्पनीले रेमडेसिभिर औषधि उत्पादन गर्दै आएका छन्। गतवर्ष पनि भारतले काेराेना संक्रमितकाे संख्या बढ्दै जाँदा रेमडेसिभिरको निर्यातमा रोक लगाएको थियो।

तपाईको प्रतिक्रिया