काठमाडौं – बिहीबार राति हल्का वर्षा भएपछि सफा बनेको काठमाडौंको वायुप्रदूषण फेरि उच्च भएको छ । सोमबार बिहान काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
आईक्यू एयरले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको वायुको गुणस्तर (इन्डेक्स एक्यूआई) ३०८ देखिएको छ। दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ ।
गतसाताको सुरुवातदेखि नै खराब रहेको वायुप्रदूषण बुधबारबाट केही घटेको थियो । प्रदूषणका कारण फेरि सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।