Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – सरकारले कोरोना भाइरसको दोस्रो महामारी रोक्न संघीय राजधानी उपत्यका आउने नागरिकमाथि कडाइ गर्न थालेको छ । कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढेपछि सरकारले उपत्यका छिर्ने नाकामा फेरि निगरानी बढाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको बताउँदै काठमाडौं छिर्ने नाकामा एन्टिजेन परीक्षण गरिने बताएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय निर्णयबारे जानकारी दिँदै प्रवक्ता गौतमले काठमाडौं प्रवेश गर्ने सबै नाकामा समय समयमा एन्टिजेन परीक्षण गरिने बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने नागरिकले उपत्यका छिरेपछि पिसिआर परीक्षण गरिनुपर्ने बताए । ‘कोरोनाको दोस्रो लहरको जोखिम उच्च भएको छ’, उनले भने, ‘केही दिनयता रुघाखोकी र ज्वरो आएकाहरुलाई उपत्यका छिरेपछि पिसिआर परीक्षण गर्न पठाइरहेका छौँ ।’

स्वास्थ्य मन्त्रालयले काठमाडौं आउनेहरुलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि भनेको छ । मन्त्रालयले अब नाकाबाट आउनेको समय मिलाएर एन्टिजेन परीक्षण पनि गरिने प्रवक्ता गौतमले बताए ।

यस्तै मन्त्रालयले कोरोना परीक्षण गर्ने सरकारी र निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्‍न भनेको छ। मन्त्रालयले २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि गरेको गौतमले बताए । गौतमका अनुसार संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया