काठमाडौं – भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेको छ । पछिल्लो पटक कोरोनाको दोस्रो लहरले बलिउड अभिनेता आमिर खानलाई पनि भेटेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्वारेन्टाइनमा छन् । आमिरका प्रवक्ताका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै रहेका छन् । आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् ।
भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । फिल्म निर्माता सतीश कौशिक पनि कोरोना संक्रमण भएको छ । उनलाई अस्पताल नै भर्ना गरिएको छ ।