Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाण्डाै – फेसबुकले आफ्नो फोटो शेयरिङ एप, ‘इन्स्टाग्राम’ को नयाँ भर्जन निर्माण गरिरहेको छ जुन विशेष रुपमा १३ वर्ष भन्दा मुनिका बालबालिकाका लागि हुने बताइएको छ । आगामी पीढीका इन्टरनेट प्रयोगकर्ताका लागि भनेर फेसबुकले आफ्नो लोकप्रिय एपको नयाँ भर्जन निर्माण गर्न लागेको बताएको छ । यसबारे कम्पनीले बिहिबार नै घोषणा गरेको थियो तर यो अझै लन्च चाहिँ भएको छैन । इन्स्टाग्राममा अहिले प्रयोगकर्ताहरुले १३ वर्षको उमेर पार गरेको हुनैपर्ने नीति रहेको छ ।

फेसबुकले इन्स्टाग्रामलाई दश वर्ष अगाडि १ अर्ब डलरमा खरिद गरेको थियो जुन अहिलेका युवा पीढीहरुमाझ सबैभन्दा चर्चित सामाजिक संजाल प्लेटफर्म बन्न पुगेको छ । अर्कोतर्फ कम्पनीको मुख्य एप, फेसबुकको प्रयोग चाहिँ पछिल्ला केही वर्ष युवाहरुमा घट्दो रहेको पाइएको छ ।

यसबारे फेसबुकका प्रवक्ता जो ओसबर्नले भने, “हिजोआज धेरै बालबालिकाहरुले आफ्ना अभिभावकलाई साथीहरु माझ पछि नपर्न मद्दत गर्नका लागि एप चलाउन अनुमति माँगिरहेका छन् । र अभिभावकसँग हाल धेरै विकल्पहरु छैनन् । त्यसैकारण हामी आफ्ना सेवाहरु बढाउने सम्बन्धी काम गरिरहेका छौँ । सो एप बालबालिकका लागि उपयुक्त हुनेछ र तिनका अभिभावकले सञ्चालन अनि व्यवस्थापन गर्न सक्नेछन् । हामीले ‘म्यासेन्जर किड्स’ यसरी नै चलाइरहेका छौँ । र इन्स्टाग्राममा पनि हामीले अभिभावकको नियन्त्रणमा बालबालिकाले आफ्ना साथीहरुसँग नयाँ अनुभव प्राप्त गरुन् भन्ने चाहान्छौँ । यसमार्फत उनीहरुले नयाँ कुरा सिक्ने र साथीहरुसँग रमाइलो समय बिताउन पाउनेछन् ।”

‘म्यासेन्जर किड्स’ फेसबुकको म्यासेजिङ एपकै अर्को भर्जन हो जुन बच्चाहरुले चलाउने गर्छन् र यसमा पनि अभिभावकको सहभागीता हुन्छ । तर यसअघि केही बच्चाहरुले बाबुआमाले स्वीकृत नगरेका व्यक्तिसँग पनि च्याट गर्न पाउने गरेको पत्ता लागेपछि एपमा गम्भीर समस्या देखिएको हो । यो घटना पश्चात् प्राविधिक निरीक्षकहरुले यो एप बालबालिकालाई सुरक्षित राख्न पर्याप्त नभएकामा चिन्ता जनाएका थिए ।

तपाईको प्रतिक्रिया