Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – भारतमा कोरोना संक्रमणले रफ्तार लिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा भारतमा ४० हजार ९०६ नयाँ संक्रमति थपिएको भारतीय मिडियाहरुले खबर दिएका छन् । यसबीचमा १८८ जना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यममा आएका खबर अनुसार सबैभन्दा धेरैे महाराष्ट्र  राज्य कारोना संक्रमणको चपेटामा परेको  छ । महाराष्ट्रमा शुक्रबार मात्रै २५ हजार ६०० भन्दा धेरै संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या गत २८ नोभेम्बरपछि सबैभन्दा धेरै रहेको भारतीय मिडियाले जनाएका छन् । २८ नोभेम्बरमा ४१ हजार ८१५ संक्रमित फेला परेका थिए । त्यसपछि थपिने संक्रमितको दर ओरालो लागेको थियो ।

करिब ४ महिना यताकै उच्च दरमा नयाँ संक्रमण पुष्टि भएको हो ।  भारतमा अहिलेसम्म १ करोड १५ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या करिब १ लाख ६० हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया